टेक्सास कलेजमा साईबर सेक्युरिटी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ बैशाख २०८१, बुधबार १८:४६

काठमाडौं । राजधानी काठमाडौंको चाबहिल मित्रपार्कमा रहेको टेक्सास कलेजमा विद्यार्थीहरुलाई लक्षित गरेर साईबर सेक्युरिटी सम्बन्धी कार्यक्रम यही अप्रिल १६ गते सम्पन्न भएको छ ।

आईसिटी फ्रेम म्यागेजिनले आयोजना गरेको कार्यक्रममा कलेजमा दर्जनौं विद्यार्थीहरुले सहभागिता जनाएका थिए । म्यागेजिनकी सम्पादक मिना अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम, टेक ब्लगर एशोसिएशन र वान कभर नेपालको सहयोगमा सञ्चालित कार्यक्रममा वान कभरको तर्फबाट दिपा श्रेष्ठले साईबर सुरक्षाका बारेमा प्रस्तुती दिएकी थिईन् । साथै उनले नेपालमा साईबर सेक्यरिटी सम्बन्धी शिक्षाको आवश्यकता र अपरिहार्यताबारेमा प्रष्ट पारेकी थिईन् ।

त्यसैगरी, एप्लिकेशन सेक्युरिटी विज्ञ प्रनभ नेपालले सहभागीहरुलाई साईबर सुरक्षा र यसको महत्व र एप्लिेकशन्सको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा सायना मानन्धरले पनि साइबर सेक्युरिटी सम्बन्धी मन्तव्य दिएकी थिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*