काठमाडौं महानगरमा २४२ सहकारीविरुद्ध उजुरी

६ बैशाख २०८१, बिहीबार १०:४७

काठमाडौँ । काठमाडौं महानगरपालिकामा २४२ सहकारीविरुद्ध उजुरी दर्ता भएका छन् । यी सहकारीले बचतकर्ताको करिब एक खर्ब रकम फिर्ता गर्न बाँकी रहेको भन्दै ६ हजार उजुरी परेका हुन् ।

उजुरी सहकारी सञ्चालकले बचतकर्ता र ऋणीविरुद्ध पनि दर्ता गरेका छन् । बचतकर्ताले धम्क्याएको, ऋणीले ऋण नतिरेको, ऋणीबाट पैसा असुलउपर नहुन्जेल घरजग्गा रोक्का राखिदिनुपर्नेलगायत उजुरी परेको हुन् ।

महानगरले पहिलो चरणमा ४० सहकारीको अनुगमन गर्ने सूची तयार पारेको छ । त्यसपछि दोस्रो चरणको काम थाल्नेछ । नियमअनुसार सञ्चालन नभएका सहकारीविरुद्ध प्रहरीमा उजुरीसमेत गर्दै जाने महानगरले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*