घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

६ बैशाख २०८१, बिहीबार ११:१२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा ६०० रुपैयाँले घटेको हो ।

बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*