खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सीइओका लागि दरखास्त माग

६ बैशाख २०८१, बिहीबार ११:४७

काठमाडौँ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि आवेदन माग गरेको छ । कम्पनीले उक्त रहेको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त माग गरेको हो ।

कम्पनीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धि निर्देशिका २०७८ अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट उक्त पदका लागि आवेदन माग गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दको ३ बर्षे कार्यकाल गत मंगलबार सकिएपछि उक्त पद रिक्त भएको छ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन कम्पनीले समयसीमा निर्धारण गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*