महालेखा परीक्षकमा तोयम राया नियुक्त

६ बैशाख २०८१, बिहीबार १२:३९

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार रायालाई महालेखा परीक्षक पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम पदमा नियुक्त गरेको हुन् । राय पूर्वअर्थसचिवसमेत हुन्। गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो।

रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गर्न संवैधानिक परिषद्ले सिफारिस गरेको थियो।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*