‘डिशहोम मिसन ८१’ सार्वजनिक, ३ हजार रुपैयाँमै वार्षिक रिचार्ज गर्न सकिने

६ बैशाख २०८१, बिहीबार १६:३९

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि मिसन ८१ योजना लिएर आएको छ । यस योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना देखी १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन्।

डिशहोम मिसन ८१ मा डिशहोमका ग्राहकहरुले मात्र रु ३००० मा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् । यस्तै वेसिक प्लसको ३५००, र प्रिमियम लाईफस्टाईलको ४००० मा डिशहोमको बार्षिक रिचार्ज गर्न सकिनेछ । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सकिने भएको छ ।

नेपालभर रहेका डिशहोमका डिलर, सव डिलर तथा विक्रेताहरु मार्फत ग्राहकहरुले बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सकिने डिशहोमले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*