पोलिसी एडको अन्तरबीमा कम्पनी फुट्सल प्रतियोगिता भोलि, १२ समुहको सहभागिता

६ बैशाख २०८१, बिहीबार १७:३९

काठमाडौं । पोलिसी एड प्राइभेट लिमिटेडले ‘पोलिसी एड इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८१’ आयोजना गरेको छ । संस्थाले विभिन्न १२ वटा बीमा कम्पनीको सहकार्यमा उक्त टुर्नामेन्ट आयोजना गर्न लागेको हो ।

फुटसल प्रतियोगिता यही बैंशाख ७ र ८ गते काठमाडौंको ज्ञानेश्वरमा रहेको प्राइम फुट्सलमा सञ्चालन हुने भएको छ । उक्त टुर्नामेन्टमा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा र लघुबीमा कम्पनीहरुले भाग लिएका छन् ।

सबै बीमा कम्पनीहरुमा आपसी सम्बध प्रगाढ होस् भन्ने उदेश्यका साथ टुर्नामेन्ट आयोजना गरेको पोलिसी एडका सीईओ ईश्वर विकास श्रेष्ठले बताउनु भएकोछ । ‘हामिले फुट्सल टुर्नामेन्ट आयोजना गरी बीमा क्षेत्रका कर्मचारी, अभिकर्ता लगायतको सम्बन्ध समधुर बनाउन सहयोग गर्ने छौं।’ पोलिसी एडका सीईओ श्रेष्ठले बताए ।

फुटसल टुर्नामेन्टमा सानिमा रिलायन्स लाइफ, हिमालयन लाइफ, युनाइटेड अजोड इन्स्योरेन्स, सूर्यज्योति लाइफ, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, रिलायबल नेपाल, सिटिजन लाइफ, हिमालयन लाइफ, नेपाल ईन्स्योरेन्स नेपाल माईक्रो, जीवन बीमा कम्पनी र सलिको लगायतका कम्पनीहरुको फुटसल टिमले सहभागि जनाएको छ ।

खेलकुद स्वास्थ्यको लागि एकदम आवश्यक रहेको छ । उक्त आयोजनाले समग्र बीमा क्षेत्रमा योगदान पुर्याउने मानिसहरुलाई थप हौसल मिल्ने पोलिसी एडले विश्वास लिएको छ ।

टुर्नामेन्टको उपाधि जित्ने समुहले कप, मेडल र प्रमाणपत्रसमेत पाउने भएको छ । खेलमा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीलाई ‘बेस्ट प्लेयर’को समेत पुरस्कारको व्यवस्था गरेको छ ।

खेल खेल्ने समय र समुहः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*