नवनियुक्त महालेखा परीक्षक रायाले लिए शपथ

६ बैशाख २०८१, बिहीबार १७:५०

काठमाडौं । नवनियुक्त महालेखा परीक्षक तोयम रायाले शपथ ग्रहण गरेका छन् । बिहीबार उनलाई प्रधानन्यायाधीश विशम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

रायालाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबारै महालेखा परीक्षक नियुक्त गरेका थिए । संवैधानिक परिषद्ले रायालाई महालेखा परीक्षकमा सिफारिस गरेको थियो ।

सो सिफारिस संसदको विशेष सुनुवाइ समितिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*