एलआइसी नेपालका अभिकर्ता भण्डारी सर्वाधिक छोटो अवधिमा एमडीआरटी बन्न सफल

६ बैशाख २०८१, बिहीबार १८:१२

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का अभिकर्ता धर्मराज भण्डारी सबैभन्दा छोटो अवधिमा सन २०२५ को लागि एमडीआरटी बन्न सफल भएका छन् ।

कम्पनीको बानेश्वर शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ता भण्डारी १४ दिनकोछोटो अवधिमा नै सन २०२५ को लागि एमडीआरटीब बन्न सफल भएका हुन् ।

आफ्नो कामप्रति सधै इमान्दार र सक्रिय रहेका उनले आम नागरिकको बीमा गरी जोखिम हस्तान्तरणको भुमिका निर्वाह गर्दै आइरहेका छन् ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रनय कुमारले अभिकर्ता भण्डारीलाई प्रधान कार्यालयमा बोलाएर नै धन्यवाद व्यक्त गर्दै हौसला प्रदान गरेका छन् ।

साथै उनले भने, ‘अर्गानिक रुपमा व्यवसाय गरी कम्पनीलाई आर्थिक रुपमा मजबुद बनाउन अभिकर्ताप्रति सधै उच्च सम्मान रहेको छ । आगामी दिनमा पनि अझै प्रगति गर्नुस्।’

लगातार एमडीआरटी बन्न सफल भएका अभिकर्ता भण्डारीले कम्पनीको साथ, सहयोग र हौसलाप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*