बोरामा बेवारिसे भेटियो ‘अनेम संघ’

६ बैशाख २०८१, बिहीबार १८:५९

काठमाडौं । बजारमा अहिले पत्रकार तथा लेखक अखण्ड भण्डारी लिखित उपन्यास ‘बोरा’को चर्चा छ । समाचार बनाइनु पर्ने ‘आमालाई ज्यूँदै बोरामा हालेर फालेको घटना’लाई भण्डारीले उपन्यास बनाए । ४७२ पृष्ठको उपन्यास बोरामा फालिएकी आमा हाँसेसँगै टुंगिएको जिकिर गरेका छन्, लेखक भण्डारीले । बोरा’कै चर्चा चलिरहेका बेला संयोगबस बिहीबार काठमाडौंको थापागाउँमा सत्तासीन एक राजनीतिक दल निकट ‘महिला संगठन’ले फालेका बोरा फेला परे ।

बोरामा असरल्ल भेटिए, ‘अखिल नेपाल महिला संघ’सँग सम्बन्धित विभिन्न कागजात । जहाँ छठौं राष्ट्रिय सम्मेलनबाट पारित विधानदेखि सदस्यता नविकरण लगायतका रसिदसम्म देखिए । । फोहोर थुपारिएका बोरासँगै लडाइएका ती बोरामा भएका काजपत्र कामलाग्ने वा नलाग्ने जे भए पनि त्यसरी बेवारिसे फालिएकामा पार्टीका अन्य भ्रातृ संस्थाहरुले चिन्ता प्रकट गरेका छन् ।

मानव नेपाल नेतृत्वको एकिकृत समाजवादी निकट महिला संगठनको विवेकमाथि अर्को भ्रातृ संस्था समाजवादी प्रेस संगठनले टिप्पणी गरेको हो । समाजवादी प्रेस संगठनका उपमहासचिव लेखनाथ सिकारुले यो रसिद लगायत कागजात यहाँबाट उठाएर कसैले दुरुपयोग गर्न सक्ने भएका कारण यस्ता गैरजिम्मेवारपूर्ण क्रियाकलाप राम्रो नभएको बताए ।

त्यति मात्र नभएर ती कागजात छपाइ गर्न भएको खर्चका दृष्टिकोणबाट समेत यो कार्य आलोचना योग्य रहेको उनको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*