नेपाल टेलिकमले माग्यो विभिन्न पदमा १२९ स्थायी कर्मचारी

७ बैशाख २०८१, शुक्रबार ०९:४४

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न पदमा १२९ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरको हो ।

कम्पनीले उपप्रबन्धक (टेलिकम)मा एक जना, वरिष्ठ इन्जिनियर (टेलिकम)मा दुई जना, वरिष्ठ लेखा अधिकृत (चा.ए.)मा दुई जना, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन)मा १६ जना, टेलिकम इन्जिनियर (कम्प्यूटर)मा सात र (इलेक्ट्रीकल)मा ६ जना कर्मचारी माग गरेको छ ।

त्यसैगरी, इन्जिनियर (सिभिल)मा चार जना, सहायक प्रशासकीय अधिकृत तीन जना, सहायक व्यापार अधिकृत चार जना, सहायक लेखा अधिकृत सात जना, ओभरसियर तीन जना, सहायकमा ३६ जना, टेलिकम टेक्निसियनमा १९ जना र जुनियर टेक्निसियनमा १९ जनाका लागि दरखास्त खुलाएको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित वैशाख २७ गतेसम्म र दोब्बर दस्तुर तिरी जेठ ३ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*