नेपाल आर्मीद्वारा सैन्य तथा विभिन्न ट्रेडका फलोअर्सका लागि भारी संख्यामा दरखास्त आह्वान

७ बैशाख २०८१, शुक्रबार १०:१६

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जङ्गी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दुई हजार ६१५ जनाबाट दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले जेठ ५ गतेसम्म र दोब्बर दस्तुर तिरी जेठ १२ गतेसम्म सैन्य पदको हकमा नेपाली सेनाको अनलाइन प्रणालीबाट वा तोकिएको भर्ना केन्द्रमा उपस्थित भई तथा ट्रेडका फलोअर्सको हकमा भर्ना केन्द्रमा गई दरखास्त आवेदन दिनुपर्नेछ ।

आवेदनका लागि सेनाले विभिन्न स्थानमा गरी २१ वटा भर्ना केन्द्र तोकेको छ । उम्मेद्वारले आफूलाई पायक पर्ने केन्द्रमा गई आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*