इरानमाथि इजरायलको सैन्य हमला, भयानक युद्धमा होमियो मध्यपूर्व

७ बैशाख २०८१, शुक्रबार १०:३३

काठमाडौं । इजरायलले इरानमाथि आज विहानै सैन्य हमला गरेको छ । गत अप्रिल १४ गते इरानले इजरायलमाथि गरेको भिषण सैन्य हमलाको बदलामा इजरायलले पनि आज विहान जवाफी सैन्य आक्रमण गरेको हो ।

इजरायलले सैन्य आक्रमण गरे लगत्तै क्रेडिट रेटिङ एजेन्सी एस एण्ड पीले इजरायलले दीर्घकालिन क्रेडिट रेटिङ घटाएको र समग्र वित्तीय अवस्थालाई नेगेटिभको संकेत दिएको छ । यससँगै अब इजरायलमा बाह्य लगानी संकटमा पर्ने देखिएको छ ।

आज विहानै इजरायलले लिटिमेट सैन्य आक्रमण गरेको पुष्टि गरेको छ । उता, इरानले भने इजरायलले आणविक भट्टी रहेको क्षेत्रमा इजरायलले सैन्य आक्रमण गरेको जनाउँदै कडा जवाफ दिने जनाएको छ ।
इजरायलले गरेको सैन्य आक्रमणमा भएको मानवीय क्षतिबारे बिस्तृत विवरण प्राप्त भएको छैन । यद्यपि इरानको इस्फहान राज्यमा रहेको सैन्य क्याम्प नजिकै विस्फोटको आवाजहरु सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इरानी सरकारी सञ्चार माध्यमका अनुसार डिफेन्स सिष्टम एक्टिभ गरिएको र इस्फहानमा रहेको आणविक उर्जा उत्पादन केन्द्रलाई लक्षित गरेर आक्रमण गर्न आउँदै गरेको तीन वटा इजरायली ड्रोनलाई खसालिएको जनाएको छ ।

इजरायलले आज सैन्य कारवाही गरेपछि अब मध्यपूर्वमा भिषण युद्ध चर्कने स्पष्ट भएको छ । इरानले इजरायली आक्रमणको तत्कालै र कडा प्रतिवाद गर्ने दृढटा व्यक्त गर्दै आएको छ । जस अनुसार अब इजरायलमाथि अर्को भिषण हमला हुन सक्ने चेतावनी अमेरिकाले दिइसकेको छ । यतिबेला इरानले इजरायलमाथि आक्रमण गर्न सक्ने त्रासका कारण बीचमा पर्ने इराकको भूमिमाथि अमेरिकी सैन्य जहाजले रेकी गरिरहेको छ ।

मध्यपूर्वमा भिषण युद्धको संकेतहरु आइरहँदा यसले एसियामा अर्को आर्थिक संकट उत्पन्न हुनसक्ने त्रास बढेको छ । करिब २० लाख नेपाली श्रमिकहरु काम गरिरहेको खाडी मुलुकमा युद्धको प्रत्यक्ष प्रभाव पर्न सक्ने देखिएको छ । यस्तो अवस्थामा मध्यपूर्वमा हुने युद्धको प्रत्यक्ष असर नेपाललाई पर्ने देखिएको छ । अझ युद्धग्रस्त इजरायमै करिब एक लाख नेपाली कार्यरत रहेको अवस्थामा नेपालले ति नेपालीहरुको सुरक्षाको लागि कस्तो रणनीति अपनाउने भनेर योजना बनाउनुपर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*