पोलिसी एडको अन्तरबीमा कम्पनी फुट्सल प्रतियोगिता भव्य रुपमा सुरु

७ बैशाख २०८१, शुक्रबार १०:३१

काठमाडौं । पोलिसी एड प्राइभेट लिमिटेडले ‘पोलिसी एड इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८१’ भव्य रुपमा सुरु भएको छ । संस्थाले विभिन्न १२ वटा बीमा कम्पनीको सहकार्यमा आयोजना गरेको उक्त टुर्नामेन्टको सुरुवात भएको हो ।

फुटसल प्रतियोगिता आज र भोलि गरी दुई दिनका लागि काठमाडौंको ज्ञानेश्वरमा रहेको प्राइम फुट्सलमा सञ्चालन भएको छ । टुर्नामेन्टको उद्घाटन पोलिसी एडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इश्वर विकास श्रेष्ठले गरेका हुन् । उक्त टुर्नामेन्टमा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा र लघुबीमा कम्पनीहरुले भाग लिएका छन् ।

आज बिहान ७ बजेदेखि सुरु भएको खेलमा नेपाल इन्स्योरेन्स र राष्ट्रिय जीवन बीमा कम्पनीबीच खेल सम्पन्न भएको छ । उक्त खेलमा जर्सी नम्बर ६ अर्थात गणेश अधिकारी बेस्ट प्लेयर बन्न सफल भएका छन् । उनले खेलमा दमदार प्रस्तुती दिदैं बेस्ट प्लेयर बनेका पोलिसी एडका सीईओ इश्वर विकास श्रेष्ठले बीमापोष्टलाई जानकारी दिए ।

फुटसल टुर्नामेन्टमा सानिमा रिलायन्स लाइफ, हिमालयन लाइफ, युनाइटेड अजोड इन्स्योरेन्स, सूर्यज्योति लाइफ, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, रिलायबल नेपाल, सिटिजन लाइफ, हिमालयन लाइफ, नेपाल ईन्स्योरेन्स नेपाल माईक्रो, जीवन बीमा कम्पनी र सलिको लगायतका कम्पनीहरुको फुटसल टिमले सहभागि जनाएको छ ।

टुर्नामेन्टको उपाधि जित्ने समुहले कप, मेडल र प्रमाणपत्रसमेत पाउने भएको छ । खेलमा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीलाई ‘बेस्ट प्लेयर’को समेत पुरस्कारको व्यवस्था गरेको छ ।

यस्तो छ खेलको तालिकाः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*