शुक्रबार सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

७ बैशाख २०८१, शुक्रबार १०:४२

काठमाडौँ । नेपाल बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

शुक्रबार सुन तोलामा ७०० रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने आज तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*