डिशहोमको अफरः जति पैसाको रिचार्ज उतिनै पैसा वोनस

७ बैशाख २०८१, शुक्रबार १२:२५

काठमाडौँ । डिशहोम डिटिएचका ग्राहकहरुले अव जति रकम रिचार्ज गर्नछन् उतिनै रकम वोनस स्वरुप प्राप्त गर्न भएका छन् । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नुहुनेछ ।

३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरु लाई लक्षित गरि कम्पनीले यो योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्नुहुनेछ उति पैसा वोनस स्वरुप पाउनुहुनेछ । यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००, २००० को रिचार्ज गर्नुभएमा २००० नै वोनस प्राप्त गर्नुहुनेछ । यो योजना सिमित अवधिको लागि मात्र लागु गरिएको छ ।

यस्तै नियमित रिचार्ज गरिरहनुभएका ग्राहकहरुले भने १ वर्षको रिचार्ज गर्र्दा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउनु हुने छ । डिशहोम डि.टि.एच.का नियमित ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*