सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, तीन जनाको मृत्यु

७ बैशाख २०८१, शुक्रबार १२:२९

काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालका–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने सात जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा भिमेश्वर न.पा. १ बस्ने वर्ष १७ का शिव श्रेष्ठ, वर्ष ७० को मान बहादुर थाँमी र १८ वर्षका दिपेन्द्र थामी रहेका छन् ।

गम्भीर घाइते भएका सातै जनाको उद्धार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडिचौर लगिएको र उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी एवम् सूचना अधिकारी निरञ्जन भट्टराईले बताए ।

दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएको आएको बा ४ ख ५६१६ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा जम्मा ५५ जना सवार रहेकोमा बेहुलासहित अन्य यात्रुभने सामान्य घाइते भएको र अधिकांशको उपचार पश्चात् डिस्चार्ज गरिएको भट्टराईले बताए । बस त्रिपुरासुन्दरी–सडकबाट १०० मिटर तल खसेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*