हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, विश्व भरिका नयाँ–नयाँ प्रविधि र उपकरणहरुको प्रर्दशनी गरिने

अडानी ग्रुप सहित १२ देशबाट प्रतिनिधि आउने
७ बैशाख २०८१, शुक्रबार १५:५५

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको साझा संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी वैशाख १२, १३ र १४ गते हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ तयारी पुरा भएको भएको छ । बैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी (इभी) ऱ्याली गर्दै एक्स्पोको सुरुवात हुने भएको हो ।

वैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको समुद्घाटन गर्ने कार्यतालिका तय भएको जनाइएको छ ।विद्युतको आन्तरिक खपत वृद्धिगर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगवारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित गरिएको इभी ऱ्याली स्काई वाक टावर कमलादीबाट सुरु भई विद्युत प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितल निवास, बालुवाटर लगायतका मुख्य मुख्य स्थानहरुहुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापन हुने छ। ऱ्यालीमा विद्युतबाट चल्ने दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे इभीहरुलाई निःशुल्करुपमा सहभागी गराइने छ ।

ुसमृद्धिका लागि हरित ऊर्जाु भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको पहिलो इभी ऱ्यालीका अलवा प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेश मिटिङहरु पनि आयोजना गरिएको छ । जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरुसँग बिजनेश मिटिङ हुनेछन् । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरुको बुकिङ सम्पन्न भइसकेको छ ।

उर्जाको विकासले देशको अर्थतन्त्र सकारात्मक बनाउने इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । उनले भने, ‘हामिले विश्व भरिका नयाँ नयाँ प्रविधि भित्र्याउनको लागि एक्स्पो निकै महत्वपूर्ण हुनेछ । उर्जामा विदेशी लगानीको सहि वातावरण अहिले रहेको छ । अब अर्थतन्त्र चलायमान बनाउने भनेको उर्जा नै हो।’

ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ । नेपाल सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता भैसकेको तथा आगामी सन् २०३५ भित्र बंगलादेशमा समेत गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयले निर्माण गरिसकेको सन्र्दभममा र लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने अध्यक्ष कार्कीले बताए । अहिले सरकारको सकारात्मक कदमले पनि देश उर्जामय भएको अध्यक्ष कार्कीको भनाइ रहेको थियो।

क्षेत्रा देशको आर्थिक समृद्ध र उज्यालो जोडिएकोले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो बायो उज्यालो नेपालसंग जोडिएकोले यसलाई मुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणकारिएको हो । नेपालमा उत्पादित किन सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने अपेक्षा गरिएको छ । एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालयरकलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, वीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणहरुको प्रर्दशनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरुको सहभागीता निश्चित भइसकेको छ ।

हरेक घरमा बिधुतिय चुलो भित्र्याउने सरकारले कदम चाल्नु पर्छ कार्कीले बताए । ‘सरकारले पिपिए खोल्नु पर्छ । बिधुतिय समान खपत बढाउनको लागि इप्पानले भुमिका खेल्छ । सबै सर्बसाधारणलाई बिधुतिय समानमा विश्वास दिलाउन सक्नुपर्छ’ कार्कीले भने ।

सरकारवाट नीतिगत सुधार गर्नु अहिलेको मुख्य आवश्यक रहेको कार्कीले बताए ।‌ नीतिगत सुधार भए देश उर्जामय हुने बताए ‌ । पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिष्पर्धा एक्स्पोको आकर्षण बन्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*