अन्तर बीमा कप फुट्सल टुर्नामेन्ट पहिलो सेमिफाइनलका बाह्र वटा खेलहरु सम्पन्न

७ बैशाख २०८१, शुक्रबार २१:५७

काठमाडौं । पोलिसी एड प्रालिले आयोजना गरेको अन्तर बीमा कप फुट्सल टुर्नामेन्ट २०८१ मा आज समूह चरण र केही सेमिफाइनलका गरी बाह्र वटा खेलहरु सम्पन्न भएका छन ।

आज र भोलि गरी दुई दिनसम्म आयोजना हुने खेलहरु नकाउट चरण खेलाईएको थियो । समूह चरणमा छनोट हुने उत्कृष्ट दुई टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्न पाउने छन ।

१२ वटा टिमलाई चार समूहमा विभाजन गरी समूह चरणमा खेलाइएको थियो । १२ वटा बीमा कम्पनीको सहकार्यमा उक्त टुर्नामेन्ट आयोजना गरिएको हो । प्राइम फुट्सलमा सञ्चालन भएको आजको खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचको ट्रफि प्रदान गरिएको थियो । उक्त टुर्नामेन्टमा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा र लघुबीमा कम्पनीहरुले भाग लिएका छन् ।

सबै बीमा कम्पनीहरुमा आपसी सम्बध प्रगाढ होस् भन्ने उद्देश्यका साथ टुर्नामेन्ट आयोजना गरिएको पोलिसी एडका सीईओ ईश्वर विकास श्रेष्ठ बताउछन । “हामिले फुट्सल टुर्नामेन्ट आयोजना गरी बीमा क्षेत्रका कर्मचारी, अभिकर्ता लगायतको सम्बन्ध समधुर बनाउन सहयोग गर्ने छौ”पोलिसी एडका सीईओ श्रेष्ठको भनाई छ ।

फुटसल टुर्नामेन्टमा सानिमा रिलायन्स लाइफ, हिमालयन लाइफ, युनाइटेड अजोड इन्स्योरेन्स, सूर्यज्योति लाइफ, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, रिलायबल नेपाल लाईफ, सिटिजन लाइफ, नेपाल ईन्स्योरेन्स कम्पनी,नेपाल माईक्रो ईन्स्योरेन्स, जीवन बीमा कम्पनी र सालिको लगायतका कम्पनीहरुको फुटसल टिमले सहभागि जनाएका छन ।

खेलकुद स्वास्थ्यको लागि एकदम आवश्यक रहेको छ । उक्त आयोजनाले समग्र बीमा क्षेत्रमा योगदान पुर्याउने मानिसहरुलाई थप हौसला मिल्ने पोलिसी एडले विश्वास लिएको छ ।

टुर्नामेन्टको उपाधि जित्ने समुहले कप, मेडल र प्रमाणपत्र पाउने छन । खेलमा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीलाई ‘बेस्ट प्लेयर’को पुरस्कार समेतको व्यवस्था रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*