सुन हालसम्मकै उच्च मूल्यमा स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

९ बैशाख २०८१, आईतवार १०:४८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको हो ।

आइतबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*