बीमा प्राधिकरणको सर्भर डाउन, परिक्षार्थी अभिकर्ता अलमलमा

९ बैशाख २०८१, आईतवार १४:००

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सर्भर डाउन हुँदा परिक्षार्थीहरु अलमलमा परेका छन् ।बीमा प्राधिकरणको नयाँ वेवासाईट शुभारम्भ भएको अवधिदेखि वेवसाईट भद्रगोल बनेको छ ।

बीमा अभिकर्ता र सर्भेयरहरुको परिक्षाको विस्तृत अपडेट राख्ने प्राधिकरणको वेवसाईट नयाँ बनाउने क्रममा लथालिङ्ग बनाईएको कारण अभिकर्ता र सर्भेयरहरुले समस्या भोग्नुपरेको छ ।

आज १२ बजे हुने परिक्षामा पहिलो चरणको सेसनका २५ जनाको सहभागी भएर बन्द भएको सर्भर मेन्टेनको काम भईरहेको प्राधिकरणले जनाएको छ। नेपाल बीमा प्राधिकरणले परिक्षामा सहभागी हुन लागेका अभिकर्ताहहरुलाई कुनै जानकारी नै नदिई बस्दा परिक्षार्थीहरु अलमलमा परेका छन् ।

बीमा प्राधिकरणको अपरिपक्क निर्णयको कारण बीमा अभिकर्ताले पटक पटक समस्या भोग्नु परेको परिक्षामा सहभागी परिक्षार्थी कृष्ण सुवेदीले बीमापोष्टलाई जानकारी दिएका छन् । नविनतम् प्रविधिमा जोड दिनेक्रममा ल्याएको नयाँ वेभसाइटमा पूराना डाटा भद्रगोल बनेको भन्दै उनीहरुले गुनासो समेत गरेका छन् ।

साथै प्राधिकरणको नयाँ वेभसाइटमा नेपाली र अङ्ग्रेजी भाषामा जानकारी प्राप्त गर्न सकिने र अनलाइन गुनासो सुनुवाई तथा च्याटबोटको व्यवस्थाका साथै बीमा सन्देश, बीमा साक्षरता लगायतका सामग्रीहरू समावेश गर्न ल्याएको यो वेवसाईटमा हरेक विभागको तथ्यांक देखाईएको छैन ।

नयाँ सिस्टममा पुराना तथ्यांक नभेटिएको प्रयोगकर्ताहरुको गुनासो रहेको छ। यसअघि बीमा प्राधिकरणले पेश गर्ने गरेको मासिक वित्तिय विवरणमा पनि पुराना सम्पूर्ण डाटाहरु राखिएका छैनन् ।

करिब चार लाखको लागतमा बनेको नियामक निकाय नेपाल बीमा प्राधिकरणको नयाँ वेभसाइटको भद्रगोल बन्दा बीमा अभिकर्ता मात्रै नभई बीमित, बीमक र बीमाविज्ञहरुले पनि यस बिषयमा गुनासो गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*