हुण्डी कारोबारमा संलग्न दुई जना प्रहरी नियन्त्रणमा

१० बैशाख २०८१, सोमबार १४:०५

काठमाडौँ । हुण्डी कारोबारीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन्। बारा कलैया उपमहानगरपालिका २३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्सा विन्दवासिनी गाउँपालिका ३ बस्ने ४३ वर्षीय अजय कुमार साह पक्राउ गरेका हुन् ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले पर्सा वीरगंज महानगरपालिका ६ रूङटा कम्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरमा अर्जुनलाई स्रोत नखुलेको नगद २२ लाख ५ हजार ७ सय रूपैयाँसहित फेला पारी उक्त कार्यमा संलग्न मनि ट्रान्सफरका संचालक अजय कुमार समेतलाई पक्राउ गरेको हो ।

उनीहरू उपर बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*