नागरिक पेन्सन योजनामा कसरी हुने सहभागि ?

१० बैशाख २०८१, सोमबार १६:२६

काठमाडौं । नागरिक लगानी कोषले नागरिक पेन्सन योजना ल्याएको छ । कोषले प्रचलित कानुन बमोजिम स्थापना भएका सङ्घ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक तथा कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवसीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन पाउने गरि पेन्सन योजना ल्याएको हो ।

सहभागी हुने बचतकर्ताहरूले न्यूनतम मासिक ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने सङ्ख्यामा जम्मा गर्न सक्नेछन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक रूपमा रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ । यस्तो किस्ता बुझाउँदा मासिक ५०० भन्दा कम नहुने गरी बुझाउनुपर्नेछ ।

पेन्सन प्राप्त गर्नका लागि बचतकर्ताको उमेर साठी वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*