सशस्त्र प्रहरी बलका इन्सपेक्टर चन्दविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा

१० बैशाख २०८१, सोमबार १७:०४

काठमाडौं । सशस्त्र प्रहरी बलका इन्सपेक्टर प्रकाशबहादुर चन्दविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले सोमबार विशेष अदालतमा नं. ३६ गण हेडक्वाटर डोटी दरबन्दी भएका चन्दविरुद्ध मुद्दा दायर गरेको हो ।

चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेशन युपीबाट लिएको हाइस्कुलको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाएको अख्तियारको भनाइ छ ।

उक्त शैक्षिक प्रमाणपत्र पेश गरी परिचर पदमा भर्ना भई माथिल्लो पदका लागि समेत सोही प्रमाणपत्र पेश गरी इन्सपेक्टरसम्म भई सेवा सुविधा लिई भ्रष्टाचार गरकेो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

0mO7FR

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*