पप्पु कन्स्ट्रक्सन सहित ३४ ठेकेदार कम्पनी कालोसूचीमा, एक देखि साढे दुई वर्षसम्म प्रतिबन्ध

११ बैशाख २०८१, मंगलवार ०९:४३

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २९ वटा निर्माण ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज (वैशाख ११ गते) एक सूचना जारी गर्दै २९ कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले एक कम्पनीलाई दुई वर्ष ६ महिना, १२ कम्पनीलाई दुई वर्ष, आठ कम्पनीलाई एक वर्ष ६ महिना, एक कम्पनीलाई एक वर्ष तीन महिना र १२ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा समावेश गरेको छ ।

कालोसूचीमा राखिएको अवधिभर निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नपाउने व्यवस्था रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*