चालु आर्थिक वर्षको ९ महिनामा ३६ वटा ठूला उद्योग दर्ता, ३०.१० अर्ब बढी विदेशी लगानीको प्रस्ताव

११ बैशाख २०८१, मंगलवार १२:००

काठमाडौँ । चालु आर्थिक २०८०/८१ को ९ महिनाभित्र नेपालमा ३०.१० अर्ब रुपैयाँ विदेशी लगानीको प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार चैतसम्म समान्तसम्ममा उक्त रकमको विदेशी लगानीको प्रस्ताव आएको हो ।

विदेशी लगानी प्रतिवद्धतामा सरकार लक्ष्यलाई भेट्ने अवस्था देखिएको छ । सरकारले यो वर्ष ३८ अर्ब विदेशी लगानी प्रतिवद्धताको लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्म ७९.२१ प्रतिशत लक्ष्य हासिल भएको छ । चैत महिनामा मात्र आएका उद्योगले १ अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको गरेको छ ।

यस अवधिमा ३६९ वटा संख्यामा विदेशी लगानीको स्वीकृति भइसकेको छ । स्वदेशी र विदेशी २८६ वटा उद्योग दर्ता भएका छन् । चैत्रसम्ममा ३६ वटा ठूला उद्योग दर्ता भएको छन् । यता, चैत्रमा मात्रै भने ४ वटा ठूला उद्योग दर्ता भएका छन् भने ८० वटा ठूला उद्योग चालु आर्थिक वर्षमा दर्ता गर्ने लक्ष्य राखिएको छ ।

यस्तै, चैतसम्ममा देशका विभिन्न स्थानमा २७ वटा मझौला र २२३ वटा साना उद्योगहरू दर्ता भएका छन् । मझौला ५ वटा र साना १९ वटा उद्योग दर्ता भएका हुन् । सरकाले चालु आर्थिक वर्षमा ८५ वटा मझौला र २०० वटा साना उद्योग दर्ता गर्ने लक्ष्य लिइएको छ ।

चैत मसान्तसम्मको अवधिमा १ खर्ब ६५ अर्ब रुपैयाँ प्रस्तावित लगानी आएको छ । चैतमा मात्र १० अर्ब ५९ करोड रुपैयाँ लगानी प्रस्ताव आएको हा । दर्ता हुन विभागमा आएका उद्योगमा २० हजार १३७ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।

चैत्रसम्म प्याटेन्ट २ वटा, डिजाइन ७ वटा र ट«ेडमार्क ४ हजार २०९ वटा दर्ता भएका छन्। प्रारम्भिक वातावरणीय परीक्षण (इआइए) २८ वटा भएको छ । चैत्रसम्ममा ५३ वटा ट्रेडमार्क सम्बन्धी मुद्दा आएका छन् भने भारतमा रियायती निर्यातका लागि ७२ वटा विभिन्न कम्पनीले सिफारिस गरेका विभागले जनाएको छ ।

Notices-20240418220448602

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*