सीएफ मोटोका दुई स्कुटर र एक इलेक्ट्रिक बाइक नेपाली अटो बजारमा, कति पर्छ मूल्य ?

११ बैशाख २०८१, मंगलवार १६:१५

काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटोका तीन वटा सवारी नेपाली अटो बजारमा ल्याएको छ । कम्पनीले दुई स्कुटर र सीटी स्पोटर्स इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो ।

कम्पनीले जिहोको ‘जिहो एई–६ प्लस, जिहो एई–६ प्लस लङ रेन्ज’ र सीटी स्पोटर्स सार्वजनिक गरेको हो । जिहो एई ५ प्लसको मूल्य ३ लाख ४४ हजार ९०० सय रुपैयाँ, जिहो एई–६ प्लस लङ रेन्ज मूल्य ३ लाख ९४ हजार ९०० रुपैयाँ र सीटी स्पोटर्स इलेक्ट्रिक बाइकको मूल्य ३ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*