टिभिएस आइक्यूब ईलेक्ट्रिक स्कुटर तीन लाखमा किन्न सकिने, ब्याट्रीमा लाइफ टाइम ग्यारेन्टी

११ बैशाख २०८१, मंगलवार १८:१०

काठमाडौं । टीभीएस आइक्यूब अब २ लाख ९९ हजार ९०० रुपैयाँमा किन्न सकिने भएको छ । कम्पनीले टीभीएस आइक्यूबको बेस भेरियन्ट स्कुटर २ लाख ९९ हजार ९०० रुपैयाँमा किन्दा लाइफ टाइम ब्याट्री वारेन्टी दिने स्कीम सार्वजनिक गरेको हो ।

नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाईफ टाईम व्याट्रि अस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालीहरुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यहि विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूब मार्फत नेपालमा ईलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्धेश्य राखेको छ ।

ब्याट्री इश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ । ग्राहक महानुभावहरुले मात्र २ लाख ९९ हजार ९०० रुपैयाँमा टिभिएस आईक्यूब खरिद गर्न पाउनेछन् ।

टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४,११,००० किलोमिटर यात्रा तय गरेर १०,२७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३,७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ । विश्वमा टिभिएस आईक्यूवका करिव ३,००,००० ग्राहकहरुले अरिव १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९,५९० टन कार्वन उत्सर्जन हुनबाट रोकेका छन् ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्तालले लाइफटाइम ब्याट्री इश्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुने बताए । उनले भने, “ हामी हाम्रो पहिलो ईलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित छाँै । हामी विश्वस्त छौँ कि लाइफटाइम ब्याट्री एश्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ । ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा रु १,३५,००० बचत गर्न सफल हुनेछन् । पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ । आईक्यूबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रति वर्ष करिव ३०० लिटरले कम गर्नेछन् र कार्वन उत्सर्जन प्रति वर्ष ६९० केजिले घटाउनेछन् जुन पेट्रोल आयात गर्ने र पर्यटकीय गन्तव्य रहेको नेपाल जस्तो देशको लागि ठूलो कुरा हो।”

नेपालमा ३३ डिलरहरु रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*