टाटा मोटर्सको म्याक्सचेञ्ज मेलाः पुराना गाडीसँग नेक्सन म्याक्स साट्ने सकिने

११ बैशाख २०८१, मंगलवार १८:४६

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटा नेक्सन म्याक्स साट्न सकिनेछ ।

मेला वैशाख १४ गतेदेखि १६ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजना गर्न लागिएको हो। म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन इभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहार रहेका छन्।

म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहक महानुभावले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*