सिईडिबि हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा तेली नियुक्त

१२ बैशाख २०८१, बुधबार ०९:४०

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा बद्री नारायण साहु तेली नियुक्त भएका छन् ।

संस्थाको वैशाख १० गते सोमबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र संचालकमा तेलीलाई नियुक्त गर्ने निर्णय गरेको हो । तेलीलाई सोही दिन अर्थात् वैशाख १० गते देखि नै लागू हुने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

cedb

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*