सानिमा माई हाइड्रोपावरको महाप्रबन्धकमा ओझा पुनः नियुक्त

१२ बैशाख २०८१, बुधबार १०:१३

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको महाप्रबन्धकमा गृष्म ओझा पुनः नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको वैशाख ११ गते मंगलबार बसेको बैठकले ओझालाई जेठ १५ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि महाप्रबन्धकमा पुनः नियुक्ती गर्ने निर्णय गरेको हो ।

ओझा यसअघि २०७७ साल जेठ ११ गते बसेको कम्पनीको सञ्चालक समितिबाट चार वर्षे कार्यकालका महाप्रबन्धकमा नियुक्त भएका थिए । जसअनुसार उनको कार्यकाल आउँदो जेठ १४ गतेसम्म कायम रहेको थियो ।

sanima

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*