कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

१२ बैशाख २०८१, बुधबार ११:१८

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भइरहेको छ । भेटवार्ता सोल्टी होटलमा भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

वार्ता पश्चात् नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी तथा राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । कतारका अमिर राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगरवार अपरान्ह नेपाल आइपुगेका हुन । कार्यक्रमपछि कतारी टोलीको आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*