क्यानडा पठाइदिने बाहानामा १६ लाख ठगी, पीडितद्वारा अपहरणको प्रयास

१२ बैशाख २०८१, बुधबार १२:२०

काठमाडौं । क्यानाडा पठाईदिने भन्दै २२ महिनाअघि १६ लाख रुपैयाँ लिने एक समुहलाई पीडितहरुले सामूहिक रुपमा अपहरणको प्रयास गरेका छन् । यद्यपि प्रहरीले अपहरणमा परेका लाल बहादुर थापालाई सकुशल मुक्त गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर जिल्ला घर भई हाल एक जीवन बीमा कम्पनीमा क्षेत्रिय प्रबन्धकको रुपमा कार्यरत ४२ बर्षिय लाल बहादुर थापालाई हिजो करिब ३ बजेतिर महोत्तरी जिल्लाको ढल्केवर भन्ने स्थानबाट अपहरण गरेको पुष्टि गरेको छ ।

अन्दाजी छ जना व्यक्तिहरुले प्रदेश १ बा२९च १७३३ नम्वरको गाडीमा लाल बहादुर थापा मगरलाई राखेर धनुषाबाट सिराहा सप्तरीहुदै अपहरण गरी लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले सप्तरी जिल्लाको पद्माहा भन्ने स्थानबाट उदयपुरतर्फ लैजादै गरेको अवस्थामा स्थानीय सन्तोष चौधरीको घर अगाडि गाडी फेला पारेको र हरि श्रेष्ठको घरमा लुकाइराखेको अवस्थामा फेला पारी उद्धार गरिएको प्रहरीले पुष्टि गरेको छ ।

अपहरणकारीबाट मुक्त भएपनि लाल बहादुर थापाको केस भने अझै बाँकी रहने देखिएको छ । उनले यसअघि क्यानाडा पठाईदिन्छु भन्दै ठगी गरेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार निज लाल बहादुर थापाले आफ्नी कान्छी श्रीमती गिता कुमारी बिकमार्फत क्यानाडा पठाईदिन्छु भन्दै २२ महिना अगाडि दुई जना पीडितसँग जनही आठ आठ लाख रुपैयाँ लिएको र सोही रकम नदिएको र क्यानाडा समेत नपठाएको भन्दै रिसको झोकमा अपहरण गरेको जनाएको छ ।

निज लाल बहादुर थापाले आफ्नी कान्छी श्रीमतीमार्फत प्रेम बहादुर तामाङ र उमेश बिकसँग जनही आठ आठ लाख रुपैयाँ लिएर फिर्ता नदिई र विदेश समेत नपठाई ठगी गर्दै आएका थिए ।

कोरोना महामारीको समयमा उठाएको रकम मध्ये केही फिर्ता गरेको र केही रकम फिर्ता गर्न बाँकी रहेको प्रहरीले प्रारम्भिक रुपमा प्राप्त सूचनामा जनाएको छ । पीडितहरुले लाल बहादुर थापालाई पटक पटक रकम फिर्ता गर्न आग्रह गर्दा कान्छी श्रीमतीलाई लुकाएर विभिन्न बाहाना पार्दै आएका थिए । हिजो उक्त समयमा ढल्केवरमा भेट्न बोलाएका थिए । पीडितहरुले रकम नपाए अपहरण गर्ने योजनासहित आएको र थापाले रकम दिन नसकेपछि गाडीमा हालेर अज्ञात स्थलतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

हाल अपहरणकारी र लाल बहादुर थापा दुवैलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*