नेपाल भ्रमण सकेर कतारका अमिर स्वदेश फिर्ता

१२ बैशाख २०८१, बुधबार १३:३४

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छ्न । २ दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विमानस्थलमा बिदाइ गरेका छन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानस्थल पुगेका थिए ।

नेपाल रहँदा थानीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*