महोत्तरीको जरलहवा टोलमा भीषण आगलागी, एक सय भन्दा बढी घर जलेर नष्ट

१२ बैशाख २०८१, बुधबार १६:१२

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर–६ स्थित जर्लाहावा गाछीमा भीषण आगलागीबाट पुरै बस्ती जलेर नष्ट भएको छ। मठिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलका अनुसार उक्त बस्तीमा रहेको करिब एक सय भन्दा बढी घर जलेर नष्ट भएको छ ।

उनले मानवीय क्षतिबारे नभए पनि बस्ती रहेका सबै घरधुरीको धन, सम्पत्ति,अन्न,लुगाफाटा सबै जलेर नष्ट भएको जानकारी दिए।आगलागी नियन्त्रण गर्नको लागि अहिले नगरपालिकाको वारुणयन्त्र, सहित, वरिपरीकापालिकाहरु,जलेश्वर,गौशाला,रामगोपालपुर,जनकपुरधाम उपमहानगरपालिकाको वारुण यन्त्रहरूको मद्दतले प्रयास भइरहेको मेयर मण्डलले बताए ।

अन्यन्त्रबाट समेत वारुण यन्त्र झिकाउनका लागि आग्रह गरिएको मेयर मण्डलले बताए ।अहिले घटना स्थलमा पुगेर स्थानीय बासिन्दा नेपाली सेना, सशस्त्र प्रहरी,नेपाल प्रहरीहरूको सहितको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*