सह सचिव रितेश शाक्यमाथिको छानविन प्रभावित पार्न गंगा दाहालदेखि केपी ओलीसम्मको पावर, के गर्लान प्रेम राई ?

१३ बैशाख २०८१, बिहीबार ००:३२

काठमाडौं । माफियाका एजेन्टहरुले ठूलो र प्रभावशाली व्यक्तिको नाम भजाएर सत्ता र शक्तिको दुरुपयोग गर्छन भन्ने उदाहरण हेर्न अन्त जानु पर्दैन हाल अख्तियारले छानविन गरिरहेको सेबोनका अध्यक्ष तथा अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख तथा बजेट निर्माण समितिका उप संयोजक सह सचिव रितेश शाक्यलाई हेरे पुग्छ ।

हाल शाक्य विरुद्धमा अख्तियारले अकूत सम्पत्ति आर्जन, प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने कार्य तथा प्रिन्टसेललाई राजश्व विभागमार्फत अन्तशुल्क स्टीकर छपाईमा घोटाला गरी भ्रष्टाचार गरेको भन्दै अनुसन्धान गरिरहेको छ । तर, अख्तियारको उक्त छानविन प्रभावित बन्न पुग्ने देखिएको छ । अख्तियारले मुद्दा दर्ता गर्दैछ भन्ने सुईको पाउने वित्तिकै गंगा दाहालको नाम लिएर टंगालस्थित रातोघरमा पुगेका व्यक्तिले प्रमुख आयुक्त प्रेम राईलाई थर्काउने तर्साउने काम गरेको बताइन्छ ।

विश्वस्त स्रोतका अनुसार अख्तियारमा भइरहेको छानविन प्रभावित पार्न पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट समेत दवाव दिइएको छ । स्रोतका अनुसार पूर्व प्रधानमन्त्रीको तर्फबाट बिष्णु पौडेलले दवाव दिएको जनाइएको छ । शाक्य बिष्णु पौडेलको पालामा अर्थमन्त्रालयमा बलियो पकड जमाउन सफल भएका थिए ।

त्यसो त, सह सचिव शाक्यलाई अख्तियारको कारवाहीबाट जोगाउन घण्टी पार्टीको तर्फबाट डा. स्वर्णिम वाग्लेले समेत पहल गरिरहेको जनाइएको छ । एउटा सह सचिवलाई कारवाही हुन नदिन सबै पार्टी मिलेर दिएको दवाव देखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्यहरु नै तीन छक पर्ने अवस्था सिर्जना भएको बताइन्छ । सबैको पावर लगाउन सफल शाक्यले प्रधानमन्त्री प्रचण्डको ज्वाई जीवन आचार्यमार्फत पहुँच स्थापित गरेको चर्चा पनि अर्थमन्त्रालयमा रोचक रुपमा सुन्न पाइन्छ ।

उता, अर्थमन्त्रालयमा पनि निकै रोचक दृष्यहरु देखिन थालेको छ । अख्तियारले भ्रष्टाचारी भनेर डाम्दै गरेका तिनै पात्रलाई अहिलेका अर्थअन्त्री वर्षमान पुन मुलुकको ढुकुटीको तालाचाबी सुम्पने काम गरिरहेका छन् । लेखा समितिले भ्रष्टाचार भयो भनेर कारवाही गर्न सिफारिस गर्ने प्रिमियम मूल्यको आईपिओमा प्रत्यक्ष संलग्न उनै रितेश शाक्यलाई अझैसम्म पनि नेपाल धितोपत्र बोर्डको अध्यक्ष बनाइरहेका छन् । अन्य अर्थमन्त्रीका तुलनामा सेटिङ नगर्ने र जनताको पक्षमा बजेट बनाउने अपेक्षा गरिएका अर्थमन्त्री अनन्तले समेत भ्रष्टाचारका आरोपी रितेश शाक्यलाई हल्लाउन सकेका छैनन् । यतिबेला अर्थमन्त्रालयमा चर्चा छ, ‘रितेशलाई चलाए अर्थमन्त्री बर्षमानकै कुर्सी हल्लिन्छ ।’ त्यसैले कुनै समयमा जनयुद्ध लडेका वर्षमान पुन रितेश शाक्यको अघिल्तिर लुत्रुक्क पर्न पुगेका छन् । शक्ति, पहुँच र पावरका अगाडि अर्थमन्त्री नै लुत्रुक्क पर्नु परेपछि अन्यको अवस्था के होला ?

उता, एउटा नाथे सहसचिवको लागि भए भरका पावर केन्द्रीत हुन थालेपछि प्रमुख आयुक्त प्रेम राईले कसरी उक्त दवाव झेल्न सफल होलान् ? प्रतिक्षाको विषयल बनेको छ ।

 

अख्तियार र सम्पत्ति शुद्धिकरणको पत्र नखोल्न रितेश शाक्यको निर्देशन
नेपाल धितोपत्र बोर्ड सम्बन्धी ऐन संशोधन भएपछि सो ऐन बमोजिम कामु अध्यक्ष भएका रितेश शाक्यले नेपाल धितोपत्र बोर्डमा अख्तियार र सम्पत्ति शुद्धिकरण सम्बन्धी निकायबाट प्राप्त पत्र नखोल्न र सो सम्बन्धमा कुनै जवाफ नपठाउन निर्देशन दिएका छन् ।

धितोपत्र बोर्डका प्रशासन प्रमुख कृष्णराज पोखरेललाई फोन गरेर गत शुक्रबार अख्तियार दुरुपयोग र सम्पत्ति शुद्धिकरण विभागबाट प्राप्त पत्र नखोल्न निर्देशन दिएका थिए । शाक्यको निर्देशनसँगै अख्तियारको उक्त पत्र धितोपत्र बोर्डमा अलपत्र परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*