राजनीतिक खिचातानीका कारण कृषिले प्राथमिकता पाएनः थापा

धनबहादुर मगर
१३ बैशाख २०८१, बिहीबार ०७:४४

काठमाडौं । साफ फाल्चाको आयोजना गर्दै आएको ‘‘पूर्णीमा सम्वाद कार्यक्रम’’मा ‘‘नेपालमा कृषि, भूमि व्यवस्थान’’ विषयक वृहत अन्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त पूर्णीमा सम्वाद कार्यक्रममा सरोकारवाला, कृषि र भूमि विज्ञ, नीतिगत तहका व्यक्तिहरू बिच गरिएको ‘‘नेपालमा कृषि, भूमि व्यवस्थान’‘ सम्बन्धी वृहत अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रमका विशेष अतिथि, राष्ट्रिय प्रजातन्त्र पाटी अध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री कमल थापाले विगत केही दशकदेखि महत्वपूर्ण कृषि क्षेत्रमा वेवास्ता हुँदै आएको बताउँदै वैकल्पिक मोडेलको कृषिको खाँचा रहेको बताए ।

थापाले यति महत्वपूर्ण छलफलमा भागलिन पाउँदा आफलाई गर्वको महशुश भएको बताए । ‘‘मैले यहाँ आएर महत्वपूर्ण ज्ञान प्राप्त गरेको छु ।’’ थापाले भने । विगत २ दशकदेखि कृषि क्षेत्र बिग्रीएको आफूलाई पनि थाहा भएको र राजनीतिक खिचातानीका कारण नेपालको कृषिले प्राथमिकता पाउन नसकेको बताए । ‘‘कृषिलाई राज्यले प्राथामिकतामा पार्नु पथ्र्याे, त्यस्तो हुन सकेन ।’’ थापाले भने ।

थापाले कृषिको विकास नहुँदा देशको समग्र अर्थतन्त्र मात्र नभई आथिक, सामाजिक साँस्कृतिक रुपमा प्रभावित पारेको बताए । देशको कृषि पछाडि पर्नु दुर्भाग्य भएको बताउँदै जमीनको सुरक्षामा चाँसो नदिदा राज्यले ठूलो क्षति बेहोर्नु परेको बताए । उनले भने, अब कृषिलाई प्राथमिकतामा पार्नु पर्ने बताए । देशमा राजनीतिक स्वार्थ बाझीएकाले पनि कषिमा प्राथमिकता नभएको हो, थापाले भने । कृषि यतिबेला संकटमा परेको छ । वैकल्पिक मोडल खोज्न तयारी गर्नु पर्छ उनले भने । थापाले जोडदिँदै भने, साथै काठमाडौं उपत्यकालाई हेनुहोस् कसरी कृषि योग्य विनाश भयो !

जमीनको सुरक्षा कसले गर्ने ? जमीनको सुरक्षाका गर्न नसक्ने अवस्थामा किसान र हकहित सुरक्षा कसले गर्ने भने । किसानको सुरक्षा गर्न सकेमात्र कृषि क्षेत्रको सुरक्षा हुने हो । कृषिको लागि भूमिको व्यवस्थापन विना कृषि अगाडि नबढ्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा डा.विष्णु भण्डारीले नेपालमा कृषि, भूमि व्यवस्थापन विषयक कार्यक्रम प्रस्तुत गर्दै नेपालको कृषिको मोडल हिजोको भन्दा फरक ढंगले बनाउनु पर्ने बताए । उनले कृषि रणनीतिमा भूमिलाई प्रोत्साहन नगरेको, भूमि बाँझो, रहेको कृषि गणना २०७८ले कृषि ६६ प्रतिशत रहेको र ५४ खर्ब कृषि क्षेत्रबाट योगदान पु¥याउँदै आएकोमा घटेर ३४ प्रतिशत बाट २७ प्रतिशत झरेको बताए ।

कार्यक्रमम राष्ट्रिय र कृषक समूह महासंघका अध्यक्ष तथा प्रमुख अतिथि पञ्चकाजी श्रेष्ठले कृषि क्षेत्रको सुधार गर्नु पर्छ भनेर विगतदेखि सरकारलाई भक्झक्याउँदै आएको छ । तर सरकारले किसानको मुद्दाहरूप्रति वेवास्ता गर्दै आएको छ उनले भने ! सरकारले कस्को कुरा सुन्छ ? बल्ल–बल्ल खाद्य सुरक्षा र खाद्य सम्प्रभुत्ता ऐन बनाए । नियमावाली बनाउन सकेको छैन । आजसम्म पनि कृषि ऐन बन्न नसकेको बताउँदै भूमिको व्यवस्थापन, उत्पादन, बजारीकरणको विषय ओझेल परेको बताए । कृषिमा जोखिम कम गर्न राज्यले पहल नगरेको भन्दै, जसको कारण क्रमश देशको कृषि बिग्रेको बताए ।

साफका कार्यकारी निदेर्शक नरेद्रप्रसाद जोशीले कृषि क्षेत्रलाई सानै भएपनि सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमका आयोजना गरेको बताए ।

कृषि विज्ञ, कृषि उद्यमी, सरोकारवाला संघ–संस्थाका विषय विज्ञहरू शिव अधिकारी, डा.किरण बज्रचार्य, प्रभा पाण्डे, महेश्वर घिमिरे, अम्बिका के.सी, विनोद शाह, विष्णु आचार्य, रामहरी शर्मा, ध्रुवप्रसाद शर्मा, हिम्मत सिंह लेकाली, हिमाल खत्री, दीपक मिश्र, लगायतले कार्यक्रममा आ–आफ्नो धारणा राखे । कार्यक्रमको अध्यक्षता साफ फल्चाका अध्यक्ष गीता भट्टराई, सञ्चालन जनक कार्कीले गरेको थिए ।

One thought on “राजनीतिक खिचातानीका कारण कृषिले प्राथमिकता पाएनः थापा

  1. Janak says:

    very nice

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*