घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

१३ बैशाख २०८१, बिहीबार १०:३६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

बिहिबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*