सफ्टवेरीका कलेजमा आईटी सम्बन्धि कार्यक्रम भव्य रुपमा सम्पन्न, करिव २ सय जना विद्यार्थी प्रशिक्षित

१३ बैशाख २०८१, बिहीबार १२:०९

काठमाडौं । इन्टरनेशलन गल्स इन आइसीटी डे–२०२४ को अवसरमा सफ्टवेरीका कलेजमा डेडीकेटेड साइवर सेक्युरीटी कम्पनी  (वन कभर प्रालि)ले आयोजना गरेको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

करिव दुई सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रमलाई आइसीटी फ्रेम र बीमापोष्टले सपोर्ट गरी आज बिहान १० बजे कलेजमा भव्य रुपमा सम्पन्न गरेको हो ।

कार्यक्रममा सोही क्याम्पसमा तीन जना छात्रा स्पीकरका रुपमा रहेकी छिन् । जसमा आकृति श्रेष्ठ, प्रतिभा मैनाली र संस्कृति घिमिरे रहेकी छिन् । सोही कार्यक्रममा आइटी क्षेत्रमा आफ्नो फरक परिचय बनाउन सफल भएका प्रणव नेपाली पनि स्पीकरका रुपमा सहभागि भएका थिए ।

नेपाल कम्युटर एसोसियन (क्यान) का महासचिव तथा सोही कलेजका प्रशिक्षक चिरन्जिबी अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय प्रसिद्ध आइटी क्षेत्रमा पनि नेपाली महिलाहरुले आफ्नो पहिचान बनाउन सफल भएका बताए । साथै, समग्र कार्यक्रम अवधिमा विद्यार्थीहरुलाई हौसला प्रदान गरेर कार्यक्रम सम्पन्न गर्न उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् ।

सहभागि विद्यार्थीहरुलाई विभिन्न सफ्टवेयरको बारेमा जानकारी प्रदान गर्दै प्रवण नेपालीले नेपालको आईटी क्षेत्रको सन्दर्भमा आउँदो समयलाई आधार बनाएर अघि बढ्दा यस क्षेत्रमा भविष्य राम्रो र सफल रहेको बताए ।

साथै, स्पीकर प्रतिभा मैनालीले नेपालमा सञ्चालन रहेका विभिन्न बैंकहरुका एटीएम ह्याकिङ्गको विषयमा आफ्नो प्रस्तुती दिएकी छन् । विभिन्न वाणिज्य र विकास बैंकहरुले सञ्चालन गरेका आउट डेटेड तथा अपडेट नभएका सफ्टवेयर प्रयोगका कारण एटीएम ह्याकिङ्ग भैरहेको उनले बताइन् ।

मैनालीको अध्ययन अनुसार अधिकांश बैंकहरुले आफ्ना एटीएमहरु छिमेकी राष्ट्र चिनबाट निर्यात गर्ने भएका कारण विभिन्न समयमा चिनियाँ समुहहरुले सजिलै ह्याकिङ्ग गर्दै आएका उनले बताइन् ।

स्पीकर आकृति श्रेष्ठका अनुसार कुनै पनि साधारण तथा प्रसिद्ध कम्पनीहरुको सफ्टवेयर ह्याक भएको अवस्थामा ह्याकरका साथै स्वयम् कम्पनी पनि उक्त कार्यको लागि जिम्मेवार हुन आवश्यक रहेको बताइन् । साथै कार्यक्रमकी स्पीकर संस्कृति घिमिरेले नेपाल र अन्तराष्ट्रिय स्तरमा पनि साइवर सुरक्षा एउटा जटिल विषय बनेको बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*