महावै गाउँपालिकाका पूर्व उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

१३ बैशाख २०८१, बिहीबार १८:३१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले डोजरले सडक खन्ने क्रममा भएको काम भन्दा बढी मूल्याङ्कन गरी ३८ लाख ७६ हजार २७० बढी भुक्तानी लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुनेमा महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, इन्जिनियर रुद्र वली, सव इन्जिनियर हरि प्रसाद पाण्डे, वडा नम्बर २ का तत्कालिन वडा अध्यक्ष गौकला सिंह, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जमकला काफ्ले र सचिव दधि कामी तथा महावैं गाउँपालिकाका लेखापाल मलिम रावत रहेका छन् ।

saUfDT

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*