बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?

१४ बैशाख २०८१, शुक्रबार १०:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*