प्रिमियर वायर्सको आम्दानी १५ प्रतिशतले बढ्यो, एक वर्षमा गर्यो ४ अर्ब २९ करोडको व्यापार

१४ बैशाख २०८१, शुक्रबार ११:०१

काठमाडौँ । प्रिमियर वायर्स प्राइभेट लिमिटेडको आम्दानी सुधार आएको छ । रेटोङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार सन् २०२३ मा कम्पनीको आम्दानी १५.२७ प्रतिशतले बढेर ४ अर्ब २९ करोड ५० लाख रुपैयाँ पुगेको छ । सन् २०२२ मा भने कम्पनीको ब्यापार ३ अर्ब ७२ करोड ६० लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ७ महिनामा भने कम्पनीले ३ अर्ब २ करोड ७० लाख रुपैयाँको आम्दानी गरेको छ । कम्पनीले सन् २०२१ मा ३ अर्ब ५४ करो्ड ६० लाख रुपैयाँ र सन् २०२० मा ३ अर्ब ३९ करोड ४० लाख रुपैयाँको ब्यापार गरेको इक्रा नेपालले जनाएको छ ।

आर्थिक मन्दि र कोरोना भाइरसको समयमा समेत कम्पनीले आफ्नो ब्यापारमा सुधार ल्याएको देखिन्छ । प्रिमियर वायर्स प्राइभेट लिमिटेड (प्रीमियर) तार र केबल मा सबै भन्दा मध्येको एक हो । कम्पनीको स्थापना २००० मा भएको थियो । नेपालमा उत्पादन उद्योग कम्पनीको शेयर शारदा परिवारका १३ सदस्यको नाममा छ । प्रिमियरले ग्याबियन बक्सहरू, कन्डक्टर, केबलहरू र अन्य स्टिल तारहरू, तामाका तारहरू उत्पादन र बिक्री गर्दछ । यसको कारखाना नेपालको पूर्वी क्षेत्र मोरङको बुढीगंगा–३ मा अवस्थित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*