राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

१४ बैशाख २०८१, शुक्रबार १२:४८

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको बैशाख १४ अर्थात आज बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो ।डा. शिव हरी श्रेष्ठले तत्कालीन बीमा संस्थानको पूर्व सीईओ पदमा रहेर समेत काम गरिसकेका छन् ।

डा.  श्रेष्ठ नेपाल खाद्य संस्थानका पूर्व प्रमुख हुन् । श्रेष्ठ नेपाल औद्योगिक विकास निगममा २५ वर्ष, बीमा संस्थानमा महाप्रवन्धक, सामुदायिक लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।

कम्पनीले यसअघि सीईओका सुरेन्द्र थापा, सुवास कोइराला, नारायणकुमार भट्टराई र डा शिवहरि श्रेष्ठको नाम सर्टलिस्टमा समावेश गरेको थियो । समितिको बैठकले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी सबैमा अब्बल भएपछि श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो ।

सर्टलिस्टमा परेकाहरुले बैशाख १२ गते प्रस्तुतीकरण र बैशाख १२ गते अन्तर्वार्ता दिएका थिए । कम्पनीको सीईओकालागि ९ जनाको आवदेन परेको थियो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*