डिजिटल एक्स्पोले आर्थिक गतिबिधि बढाउन मद्दत पुग्छः सञ्चार मन्त्री शर्मा

१४ बैशाख २०८१, शुक्रबार १६:०६

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले नेपालको आइटी क्षेत्रमा अथाह सम्भावना रहेको बताउँदै डिजिटल एक्स्पोबाट देशको आर्थिक गतिबिधि चलायमान बनाउन सकिने बताएकी छिन् ।

नेपाल उद्योग बाणिज्य संघ, काठमाडौंको आयोजनामा आजदेखि सुरू भएको एनक्लीक डिजिटल एक्स्पो २०२४ को उद्घाटन गर्दै उद्यमशिलता बिकासको लागि डिजिटल एक्स्पोले भूमिका खेल्ने बताईन । मन्त्री शर्माले सरकार र निजि क्षेत्र मिलेर देशमा आर्थिक बिकास गर्न सम्भव हुने बताइन ।

उद्यमशिलता र रोजगार प्रबर्द्दन गर्न आउने बजेट बनाउन सबैले मलेर काम गर्नुपर्ने बताइन । मन्त्री शर्माले देशको आर्थिक बिकासमा डिजिटल र प्रविधिको महत्व रहेको बताइन ।

स्थानिय तहसँग समन्वय गरेर स्थानिय उद्योगको बिकासका लागि डिजिटल र प्रबिधिले थप योगदान पुर्याउने बताइन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*