‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ भव्यताका साथ सम्पन्न

१४ बैशाख २०८१, शुक्रबार १७:४०

‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ भव्यताको कार्यक्रम सम्पन्न भएको छ ।

बीमा प्राधिकरण र बीमा कम्पनीहरुद्धारा स्थापित कम्पनी इन्स्योरेन्स इन्च्यिूट अफ नेपालद्धारा आयोजना गरिएको हवाई बीमा क्षेत्र प्रवद्धनको लागि एक दिवसीय Avia Risk Mitigation: A Shared Responsibility Amongst Stakeholders बिषयक अन्तराष्ट्रिय सम्मेलन नेपाल बीमा प्राधिकरणका अध्यक्ष एवं इन्टिच्यूटका संरक्षक सूर्य प्रसाद सिलावलको प्रमुख अतिथ्यतामा इन्टिच्यूतका अध्यक्ष राजुरमण पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।

नेपालको परिप्रेक्ष्यमा हवाई बीमा तथा उड्डयन जोखिम व्यवस्थापनका विषयमा देखिएका समस्या तथा वर्तमान चुनौतीहरू र भविष सम्भावनाहरूका बारेमा सम्बन्धित सरोकारवालाहरुसँग अन्तर्क्रिरया र छलफल गर्ने उद्देश्यका साथ आयोजना भएको उक्त कार्यक्रममा मन्त्रालय,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग तथा नेपालको वित्तीय क्षेत्रका नियमनकारी निकायहरुे बीमा प्राधिकरण, श्री नेपाल राष्ट्र बैंक लगायत वायुसेवा सञ्चालक, राष्ट्रिय तथा अन्तराष्ट्रिय पुनर्बीमकअण्डरराइटर, क्षति मूल्यांकनक निर्जिबन बीमा कम्पनी र बीमा दलाल, अन्य बीमा तथा उड्डयन क्षेत्रका प्रमुख सरोकारवाला समेतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हवाई बीमा सम्बन्धी बिषयमा डिस्कसन प्यानल समेत भएको थियो ।
कार्यक्रमको समापन प्राधिकरणका कार्यकारी निर्देशक एवं इन्टिच्यूतका कार्यकारी निर्देशक राजुरमण पौडेलले सफलताका साथ सम्पन्न भएको भन्दै समापन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*