नेपालको आर्थिक भविष्यप्रति अमेरिका पूर्णप्रतिबद्ध छः अमेरिकी राजदूत थम्पसन

१६ बैशाख २०८१, आईतवार १२:०४

काठमाडौं । संयुक्त राज्य अमेरिका नेपालको आर्थिक भविष्यप्रति पूर्णप्रतिबद्ध रहेको जनाएको छ । लगानी सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूत थम्पसनले यस्तो बताएका हुन् ।

अमेरिकाले नेपालको आर्थिक वृद्धिलाई प्रवर्द्धन गरेको छ र नेपालको आर्थिक भविष्यका लागि प्रतिबद्ध रहेको जनाए । उनले वित्तीय सेवा र व्यवसाय विकास सेवाहरूमा नेपालको निजी क्षेत्रको पहुँच र व्यापारिक वातावरणमा सुधार, बलियो र अधिक उत्पादनशील कृषि क्षेत्रलाई प्रवर्द्धन गर्दै नेपालको उच्च(प्रविधि क्षेत्रको विकास गर्न मद्दत गरिरहेको उनले जनाए ।

‘यी ७७ वर्षहरूमा अमेरिकाले नेपालको आर्थिक वृद्धिलाई प्रवर्द्धन गरेको छ र नेपालको आर्थिक भविष्यका लागि प्रतिबद्ध रहेको छ–सबै नेपालीका लागि आर्थिक अवसरहरू सिर्जना गर्ने साथै महिला र सीमान्तकृत समुदायहरू केन्द्रित थप परियोजनाहरू सहित सहयोग गर्न । हामीले वित्तीय सेवा र व्यवसाय विकास सेवाहरूमा नेपालको निजी क्षेत्रको पहुँच र व्यापारिक वातावरणमा सुधार, बलियो र अधिक उत्पादनशील कृषि क्षेत्रलाई प्रवर्द्धन गर्दै नेपालको उच्च-प्रविधि क्षेत्रको विकास गर्न मद्दत गरिरहेका छौं’ राजदूत थम्सनले भने ।

सम्मेलनमा उनले नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने अमेरिकी प्रतिबद्धतालाई जोड दिँदै वासिङ्टन, डिसीस्थित अमेरिकी सरकारका अधिकारीहरूको भिडियो सन्देश पनि प्रस्तुत गरे ।

नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहँदै गर्दा, यो सम्मेलन अत्यन्त महत्त्वपूर्ण रहेको उनले बताए । नेपाल सरकारले आर्थिक वृद्धिका लागि सुधारहरू अवलम्बन गर्न र आफ्नो प्रभावशाली लोकतान्त्रिक प्रगतिलाई अझ अगाडि बढाउन निरन्तर चालेका कदमहरू पनि महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*