मे १ देखि नेपालीलाई निःशुल्क चिनियाँ भिसा

१६ बैशाख २०८१, आईतवार १२:१७

काठमाडौँ । चीनले आगामी मे १ देखि नेपाली नागरिकलाई नियमित भिसा निःशुल्क दिने भएको छ । चिनियाँ दूतावासले बुधबार बिहान एक सूचना जारी गर्दै नियमितर्फको भिसा शुल्क तिर्नुनपर्ने जनाएको हो ।

एक्सप्रेस २ र एक्प्रेस १ भिसाका लागि भने क्रमशः २ हजार ७ सय र ४ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै समूहतर्फ एक्सप्रेस २ र एक्प्रेस १ भिसा क्रमशः १ हजार ३ सय ५० र २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

तेस्रो अन्तर्राष्टिय लगानी सम्मेलनमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सी (सीआईडीसीए) प्रमुख लुओ झाओहुईले मे १ देखि लागू हुने गरी नेपाली नागरिकहरूलाई नियमिततर्फ भिसा शुल्क तिर्नुनपर्ने बताएका थिए ।

प्रमुख लुओ झाओहुईको सम्बोधनलगत्तै चिनियाँ दूतावासले एक सूचना जारी गर्दै भिसा शुल्कसम्बन्धी नयाँ नीतिबारे जानकारी दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*