गोर्खाज फाईनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन

१६ बैशाख २०८१, आईतवार १४:५५

काठमाडौं । गोर्खाज फाईनान्सको अध्यक्षमा गौरव बुढाथोकी सर्वसम्मत चयन भएका छन् । कम्पनी सञ्चालक समितिको वैठकले उनलाई वैशाख १६ गते देखि लागु हुनेगरी अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

कम्पनीको अध्यक्ष रहेका डेकिन्द्र कुमार राईले व्यक्तिगत कारण देखाउँदै सञ्चालक सदस्य मात्र रहने गरी अध्यक्ष पदबाट राजिनामा दिएका थिए । वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिले बैठकले उनको राजिनामा स्वीकृत गर्दै अध्यक्ष पदमा बुढाथोकीलाई चयन गर्ने निर्णय गरेको हो ।

बुढाथोकी सर्वसाधारण शेयरधनीको तर्फबाट कम्पनीको सञ्चलकमा चयन भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*