हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघ, बागमती प्रदेशको अध्यक्षमा पवन कुमार थपा चयन

१६ बैशाख २०८१, आईतवार १५:५६

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघ, बागमती प्रदेशको अध्यक्षमा पवन कुमार थापा सर्वसम्मत रुपमा चयन भएका छन् । बैंशाख १५ गते काठमाडौंमा भएको भेलाले अध्यक्षसहित १३ जनाको कार्यससमिती चयन गरेको हो ।

उक्त भेलाले अध्यक्ष थापासहित उपाध्यक्ष, समिक भण्डारी, सचिव, अर्जुन प्रसाद भट्ट, कोषध्यक्ष, इश्वर पौडेल र सदस्यहरु, पवित्रा कटुवाल, रोजिना पुडासैनि, रबिन बस्नेत, शुस्मा सुनार, महेश खतिवडा, शसांक डिसि, बिश्व खनाल, सुरेन्द्र राज पौडेल र ज्योतिका राणालाई चयन गरेको हो ।

कार्यक्रम नेपाल ट्रेड युनियन काग्रेसका उपाध्यक्ष गणेश के.सि. को प्रमुख आतिथ्यमा कम्पनीका डिसीओ  कपिल कुमार दाहाल, बीमा प्रधिकरण कर्मचारी संघका अध्यक्ष शम्भु मिश्र लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रममा कम्पनीका व्यवस्थापन तहका सम्पूर्ण व्यवस्थापक लगायत २२० जना कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*