इलाम–२ उपनिर्वाचनः हालसम्म कुन दलले कति मत पाए ?

१६ बैशाख २०८१, आईतवार १६:२५

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक परिणाम आएको छ ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ बाट सुरु भएको मतगणनाको आइतबार दिउँसो ३ बजेसम्मको परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका छन् । खड्कालाई एमालेका सुहाङ नेम्वाङले पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेद्वार डकेन्द्र थेगिम तेस्रो स्थानमा छन् भने रास्वपाका मिलन लिम्बु चौथो स्थानमा छन् ।

मतगणनाको थालनी फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ बाट भइरहेको छ । दुबै वडामा हालसम्म खसेको मतका आधारमा आइतबार दिउँसो ३ बजेसम्म कांग्रेसका डम्बर खड्काले ११४५ मत पाउँदा एमालेका सुहाङले १०६३ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकेन्द्र सुब्बाको मुढा चिन्हमा ३११ मत खसेको छ । उनी फराकिलो मतान्तरसहित तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका मिलन लिम्बुले २०९ मत पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*